ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ सरकार अग्रसर :मन्त्री यादव


admin

काठमाडौं,१३ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ अघि बढेको बताउनुभएको छ ।

आजदेखि शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको मुख्य उद्देश्य नै देशलाई आर्थिकरुपमा मजबुत बनाउनेतर्फ रहेको स्पष्ट पार्नुभयो । मन्त्री यादवले देशमा गणतन्त्र आएसँगै निजी क्षेत्रलाई लगानी गर्ने वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

मेलाका संयोजक नवराज गौतमले अहिले वार्षिक तीन करोड जोर जुत्ता उत्पादन भइरहेकामा २०२० सम्ममा पाँच करोड उत्पादन गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाली प्रयोगकर्ताको सोच विचारमा परिवर्तन नआएकाले पनि स्वदेशमा उत्पादन भएका सामग्री प्रयोगमा कमी आएको धारणा राख्नुभयो ।

‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’ को आयोजनामा यही पुस १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालनमा रहने मेलामा १४० कक्ष रहका छन् । मेलामा विशेषगरी छालाका जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारका कक्ष राखिएका छन् ।

मेलाको मुख्य उद्देश्य अर्थ सङ्कलन गर्नुभन्दा पनि स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष कृष्णकुमार फुयाँलले जानकारी गराउनुभयो । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ नाराका साथ सो मेलामा करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको छ ।

मेलामा राखिएका जुनसुकै सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com