ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ सरकार अग्रसर :मन्त्री यादव


admin
पुस १३, २०७५ शुक्रबार  ६ : २४ बजे

काठमाडौं,१३ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ अघि बढेको बताउनुभएको छ ।

आजदेखि शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको मुख्य उद्देश्य नै देशलाई आर्थिकरुपमा मजबुत बनाउनेतर्फ रहेको स्पष्ट पार्नुभयो । मन्त्री यादवले देशमा गणतन्त्र आएसँगै निजी क्षेत्रलाई लगानी गर्ने वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

मेलाका संयोजक नवराज गौतमले अहिले वार्षिक तीन करोड जोर जुत्ता उत्पादन भइरहेकामा २०२० सम्ममा पाँच करोड उत्पादन गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाली प्रयोगकर्ताको सोच विचारमा परिवर्तन नआएकाले पनि स्वदेशमा उत्पादन भएका सामग्री प्रयोगमा कमी आएको धारणा राख्नुभयो ।

‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’ को आयोजनामा यही पुस १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालनमा रहने मेलामा १४० कक्ष रहका छन् । मेलामा विशेषगरी छालाका जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारका कक्ष राखिएका छन् ।

मेलाको मुख्य उद्देश्य अर्थ सङ्कलन गर्नुभन्दा पनि स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष कृष्णकुमार फुयाँलले जानकारी गराउनुभयो । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ नाराका साथ सो मेलामा करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको छ ।

मेलामा राखिएका जुनसुकै सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

अध्यादेश फिर्ता लिन बारको माग, भन्यो- संविधानवाद प्रतिकूल कार्य

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com