ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

तराई–मधेश समृद्ध योजनामा मनलाग्दी, प्रधानमन्त्रीलाई नै बदनाम बनाउने खेल


एबीसी न्यूज
पुस १३, २०७५ शुक्रबार  १२ : ०९ बजे
फोटो –यमन पौड्याल
फोटो –यमन पौड्याल

काठमाडौं, १३  पुस ।  प्रधानमन्त्री केपी शर्मा ओली सरकारको प्राथमिकतामा परेको तराई–मधेश समृद्ध कार्यक्रममा मनलाग्दा योजना समावेश भएको आरोप लागेको छ । ओली सरकारले मानव विकास सूचकांकमा पछाडि परेको तराई–मधेसका २१ जिल्लालाई प्राथमिकतामा राखेर बजेट ल्याएको थियो ।

सो जिल्लामा अहिले सञ्चालन भइरहेका कार्यक्रम नेकपाका केही सिमित नेता र मन्त्रीको तजविजीमा हुने गरेको सांसदको आरोप छ । विशेषत योजना छनौटमा पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको विशेष भूमिका रहेका भन्दै तराई–मधेशमा सांसदले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेपालको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले योजनाको दुरुपयोग गरेको स्थानीय तहका प्रमुख देखि सांसदसम्मले खुलेरै विरोध गरेका छन् ।सरकारले तराई–मधेस समृद्धि योजनाअन्तर्गत आर्थिक वर्ष २०७५।०७६ मा २ अर्ब ३ करोड रकम विनियोजन गरी समृद्धि योजना मागेको थियो । तर, योजना लागू भएका जिल्लाका स्थानीय सरोकारवालाले सिफारिस नै नगरेको कार्यक्रममा बजेट वितरण भएकोमा सांसददेखि प्रमुखसम्मको असहमति छ ।

माग भएका योजना समावेश नभएको र मागै नभएका स्थानिय तहमा सिमित कर्मचारी र शिर्ष नेतृत्वको दवावमा स्थानीय नेताले मनलाग्दो गरेको खुलेको हो । मधेस समृद्धि कार्यक्रम स्थानीय तह एक जननिर्वाचित सांसदले माग गरेको योजनामा बजेट विनियोजन हुनेपर्ने व्यवस्था निर्देशिकामा स्पष्ट छ । तर स्थानीय तह एंव निर्वाचित सांसदले मागै नगरेको कार्यक्रममा बजेट विनियोजन भएको पाइएको छ ।

पहु“चका आधारमा राज्यको रकम हिनामिना गरेको भन्दै बुधबारको संसद् बैठकमै राष्ट्रिय जन्ता पार्टीका सांसद् राजेन्द्र महतो सरकासस“ग जवाफ माग गरेका छन् । सांसद् महतोले विनियोजित बजेट केही नेता, मन्त्री र कर्मचारीको मिलेमतोमा बा“डबा“फ भएको भन्दै आपत्ति जनाएका हुन । यता नेकपा प्रदेश नम्बर दुईका अध्यक्ष तथा सासद् प्रभु साहले तराई–मधेश समृद्धि योजनाको रकम सरकारर सम्बन्धीत निकायले आफुखुशी वितरण गरेको भन्दै प्रधानमन्त्रीको ध्यानार्कषण समेत गराएका छन् ।

प्रधानमन्त्री स्वयम्ले पछाडि परेको प्रदेश र क्षेत्रको विकासमा केही टेवा मिलोस भनेर ल्याएको कार्यक्रममा विभिन्न व्यक्ति तथा नेतृत्वले मनलाग्दो गर्नु दुःखद भएको भन्दै अझै मधेशलाई पछाडि पार्ने काम भएको साहको भनाई छ । कार्यक्रम लागु भएका २१ जिल्लाका सांसदस“ग सहकार्य र छलफल भएको भन्दै माग भएको योजनामा मात्र बजेटको व्यवस्थापन गर्न मन्त्रालयसस“ग माग गरेका छन् । मन्त्रालयले सांसदको आग्रहलाई उपेक्षा गरेमा तराई–मधेश समृद्धि कार्यक्रम बालुवामा पानी हुने भन्दै आवश्यकताका आधारमा बजेटको सदुपयोग गर्नुपर्ने माग सांसदको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

मोज्तबा खामेनेई इरानको नयाँ सर्वोच्च नेताः बदलिँदो शक्ति–सन्तुलन

सम्बन्धित

संखुवासभामा एमालेका अर्जुन निरन्तर अगाडि, कसको कति ?

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

३९१ महिला उम्मेदवार चुनाव लड्दा १४ जना मात्र संसद छिर्दै

१० हजार पृष्ठको प्रतिवेदन: ओली–लेखक कारबाही सिफारिस, तर विध्वंस प्रकरण अझै रहस्य

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com