ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३९१ महिला उम्मेदवार चुनाव लड्दा १४ जना मात्र संसद छिर्दै


एबीसी न्यूज
फाल्गुन २४, २०८२ आईतबार  ८ : ३१ बजे

काठमाडौँ, २४ फागुन । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रम जारी रहेका बेला हालसम्म १४ महिलाले संसदको ढोका उघारेका छन् ।

हालसम्मको मत परिणाम अनुसार प्रत्यक्षतर्फ १४ महिला उम्मेदवारहरू निर्वाचित हुँदै संसद पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट हासम्म ११९ जना निर्वाचित हुँदा १३ जना महिला रहेका छन् । पुरानो दल नेपाली कांग्रेसबाट १७ जना निर्वाचित हुँदा एक जना महिला निर्वाचित भएकी छिन् । निर्वाचित हुनेहरुमा सात जना ४० वर्ष मुनिका छन् ।

नेपाली कांग्रेसबाट दैलेखकी बासना थापा निर्वाचित भएकी छिन् । उनी ४५ वर्षकी हुन् । बासना २०७४ मा दैलेखको नारायणी नगरपालिकाको उपप्रमुख उठे पनि एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । पटक–पटक गठबन्धन भएका कारण १२ वर्षयता दैलेखमा कांग्रेसले प्रतिनिधि सभामा उम्मेदवारी दिएको थिएन । यस पटक एक्ला–एक्लै चुनावी मैदानमा उत्रिँदा कांग्रेसले जित निकालेको हो ।

कोशी प्रदेशबाट रास्वपाबाट चार महिला निर्वाचित भएका छन् । रास्वपाबाट झापा–१ मा २९ वर्षकी निशा डाँगी निर्वाचित हुँदै संसद पुगेकी छिन् । उनी यसअघि रास्वपाको तर्फबाट समानुपातिक सांसद थिइन् । उनी रास्वपाबाट सचेतक समेत थिइन् । निशा पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन् ।

झापा क्षेत्र नम्बर–२ बाट ५५ वर्षकी इन्दिरा रानामगर विजयी भएकी छिन् । उनी यसअघि समानुपातिक तर्फबाट सांसद भएकी थिइन् भने उपसभामुख समेत भएर जिम्मेवारी वहन गरिन् । उनी सन् २०१७ मा बिबिसीको विश्वको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन् । कारागारका बालबालिकाको अध्ययन र सुरक्षित आवासका लागि उनले काम गर्दै आएकी छिन् ।

रास्वपाबाट मोरङ–५ मा ४२ वर्षीया आशा झा विजयी भएकी छिन् । उनले शिक्षाशास्त्र संकायमा स्नातक गरेकी छिन् । झाले मधेसी महिलाको अधिकार र सामाजिक न्यायका लागि काम गरेकी थिइन् । उनी मधेसी महिला नागरिक समाजमा समेत सक्रिय रहँदै आएकी थिइन् ।

मोरङ–६ मा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालालाई हराउँदै रास्वपाकी ३१ वर्षकी उम्मेदवार रूबिना आचार्य संसद पुगेकी छिन् । उनले कोरोना संक्रमणकालमा ‘तातो भात’ अभियान चलाएकी थिइन् । काठमाडौ विश्वविद्यालयबाट एमबिए गरेकी उनले महिला उद्यमशीलता र सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएकी छन् ।

यस्तै मधेस प्रदेशबाट रास्वपाका तीन महिला प्रत्यक्ष निर्वाचित भएका छन् । सप्तरी–१ बाट ३६ वर्षकी पुष्पाकुमारी चौधरी निर्वाचित भएकी छिन् । मानविकी संकायमा उनले स्नातकोत्तर गरेकी छिन् । उनले सुरक्षित गर्भाधारण र गर्भपतन लगायतका क्षेत्रमा कार्य गर्दै आएकी थिइन् ।

सर्लाही–१ बाट ४३ वर्षकी नितिमा भण्डारी कार्कीले जित निकालेकी छिन् । रेष्टुरेन्ट व्यवस्थापन, खाद्य प्रविधि र निर्यात तथा आयातका क्षेत्रमा उनले लामो समय काम गरेकी छिन् । उनले पद्मकन्या कम्याम्पसबाट स्नातक गरेकी छिन् । महोत्तरी–४ बाट ५४ वर्षकी गौरीकुमारी विजयी भएकी छिन् । उनलाई मधेसमा वैकल्पिक राजनीति र परिवर्तनको एजेण्डा अघि बढाउने व्यक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले परिचय गराएको छ । बागमती प्रदेशबाट रास्वपाका चार महिला प्रत्यक्ष निर्वाचित भएका छन् ।

धादिङबाट ३६ वर्षकी आशिका तामाङ विजयी भएकी छिन् । उनी जेनजी आन्दोलनका घाइतेलाई सहयोग गरेर मनपछि मत जितेकी हुन् । त्यसअघि आशिषका राजमार्गको सरसफाइ अभियान चलाउँदै सचेतनाको आवाज उठाउँदै आएकी थिइन् । उनले एक रुपैयाँ अभियान चलाउँदै दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा र कपडा लगायतमा सहयोग गर्दै आएकी थिइन् ।

काठमाडौं–१ बाट ३० वर्षकी रञ्जु दर्शना न्यौपानेले पनि शानदार विजय हासिल गरेकी छिन् । विवेकशील साझा पार्टीबाट वैकल्पिक राजनीति अघि बढाएकी रञ्जु यसअघि काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार भएकी थिइन् । तर मेयरमा पराजित भएकी थिइन्।

ललितपुर–३ बाट ३६ वर्षीया डा। तोसिमा कार्कीले पनि संसदको यात्रा तय गरेकी छिन् ्। उनी यसअघि पनि सोही क्षेत्रबाट विजयी भएकी थिइन् । उनी स्वास्थ्य राज्यमन्त्री समेत भइसकेकी छिन् । चितवन–३ बाट ३० वर्षकी सोबिता गौतमले संसदको ढोका उघारेकी छिन् । उनी यसअघि काठमाडौं क्षेत्र नम्बर– २ बाट पहिलो पटक संसद छिरेकी थिइन् । कानुनमा स्नातकोत्तर सोबिता युवा विश्व राजनीतिज्ञ अवार्डबाट सन् २०२३ मा सम्मानित भएकी थिइन् ।

गण्डकी प्रदेशबाट एक र सुदूरपश्चिम प्रदेशबाट एक गरी दुई महिला निर्वाचित भएका छन् । गण्डकीको कास्की–३ बाट ५३ वर्षकी बिना गुरूङ निर्वाचित हुँदै संसद पुगेकी छिन् । उनी रास्वपा कास्कीको कोषाध्यक्ष समेत हुन् । उनी पोखराकी व्यवसायी पनि हुन् । त्यस्तै सुदुरपश्चिमको कैलाली–१ बाट ४७ वर्षीय कोमल ज्ञवालीले पनि संसदको यात्रा पक्का गरेकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीमा ३ वर्ष कोषाध्यक्ष थिइन् । उनले ‘विजनेश स्टडी’ मा स्नातक गरेकी छिन् ।

प्रत्यक्षतर्फ सात जनालाई चुनाव जिताइसकेको एमालेमा अहिलेसम्म महिला उम्मेदवार निर्वाचित भएका छैनन् । यस्तै हालसम्म सात जना निर्वाचित भइसकेको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बाट निर्वाचित हुने महिलाको संख्या शून्य छ । प्रत्यक्षमा चार जना निर्वाचित भइसकेको श्रम सँस्कृति पार्टीबाट समेत अहिलेसम्म महिला उम्मेदवार विजयी भएका छैनन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नयाँ राजनीतिक दल र स्वतन्त्रबाट ३९१ जना महिलाको उम्मेदवारी परेको थियो । जबकी २,५८९ पुरुष उम्मेदवार प्रतिष्पर्धामा थिए ।

त्यसमध्ये मुख्य दलहरूले उठाएको महिला उम्मेदवारको संख्या न्यून थियो छ । १६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले ११ जना महिला उठाएको थियो । एमालेले सोलुखुम्बुमा कल्पना राई, ओखलढुङ्गामा अस्मिता थापा, बारा ३ मा ज्वालाकुमारी शाह र धनुषा २ मा जुली महतोलाई उम्मेदवार बनाएको थियो । यस्तै, बाग्लुङ २ मा मञ्जु चालिसेलाई उम्मेदवार बनाएको थियो ।

यता, १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कम्युनिष्ट पार्टीले १२ महिला उम्मेदवार बनाएको थियो । झापा–२ मा धर्मशिला चापागाईँ, संखुवासभामा सरिता खड्का थापा, सुनसरी २ मा रामकुमारी चौधरी, सप्तरी ४ मा रुवीकुमारी कर्ण, काठमाडौँ–१ मा मेनुका भण्डारी, काठमाडौँ ४ मा कल्पना शर्मा, काठमाडौँ १० मा रुपा महर्जन, कञ्चनपुर १ मा बिना मगर र चितवन ३ मा रेनु दाहाललाई उम्मेदवार बनाएको थियो ।

यस्तै, काभ्रेपलाञ्चोक २ मा बसुन्धरा हुमागाई, लुम्बिनीको नवलपरासी पश्चिममा सिन्धु जलेशा र मनाङमा यशोदा सुवेदी गुरुङ नेकपाले उम्मेदवार बनाएको थियो । नेकपाले उपत्यकामा मात्रै ३ जना महिलालाई प्रतिनिधि सभाको टिकट दिएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ जना महिला उम्मेदवार उठाएको थियो । अन्य दलहरूले पनि देशभर महिला उम्मेदवार उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पको आदेश, विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

सम्बन्धित

विश्व बजारमा आज कच्चा तेलको मूल्यमा तिब्र बृद्धि

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पको आदेश, विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com