गौशाला, २१ चैत । महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा छ महीनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो । ...