ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित


admin


सप्तरी, २० चैत । हङकङमा सम्पन्न तेश्रो एशियाली यूथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका राजविराज निवासी अजित यादव गृह जिल्ला सप्तरीमा सम्मानित भएका छन् ।

राजविराज नगरपालिका १२ निवासी यादवलाई बुधवार एक कार्यक्रमबीच राजविराज नगरपालिका कार्यालयले सम्मानपत्र, दोसल्ला तथा नगद १ लाख १ हजार एक सय एक रुपैयासहित सम्मान गरेको हो । सो अवसरमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आफ्नो एक महिनाको तलब नगद रु. ३५ हजारसमेत अजितलाई प्रदान गरे ।

अजितले तेश्रो एशियाली यूथ एथलेटिक्स च्याम्पियनशिपको पुरुषतर्फ ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । उनले आठ मिनेट ३०,३० सेकेन्डमा सो दुरी पुरा गरेका थिए । नेपाललाई युथ एशियाली खेलकुदमा स्वर्ण पदक दिलाउने अजित पहिलो खेलाडी समेत बनेका हुन ।

यसअघि प्रदेश २ का सरकारले पनि प्रोत्साहन स्वरुप अजितलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ५१ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, उपमेयर साधना झालगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com