सुर्खेत, २२ वैशाख । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ भएको बताउनुभएको छ । काल माक्र्सको २०१ औँ जन्मदिनको अवसरमा कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले माक्र्सवादले मानव चिन्तनको उज्ज्वल र प्रगतिशील परम्परालाई आत्मसात् ...