ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फलामखानी सञ्चालन हुने भएपछि …


admin
बैशाख २२, २०७६ आईतबार  २ : ५५ बजे

कावासोती, २२ वैशाख । सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । सरकारका तर्फबाट संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने घोषणा गर्नुएकामा आफ्नो क्षेत्रको विकास हुने आशमा यस क्षेत्रका बासिन्दा खुशी भएका हुन् ।

“फलामखानी सञ्चालनमा आउँदैन कि भन्नेमा चिन्तित थियौँ तर सरकारले व्यावसायिक उत्पादन गर्न लागेकामा हामी धेरै खुशी छौँ,” हुप्सेकोट गाउँपालिका–४ का रुक्माङगत भुर्तेलले भन्नुभयो, “खानी सञ्चालनमा आउँदा यहाँ अन्य सुविधा थपिएला, बाटो राम्रो होला भन्ने लागेको छ ।” फलामखानी पत्ता लागेको धौवादी आसपासका क्षेत्रमा पुग्न अहिले निक्कै कठिन छ । सडकको अवस्था जीर्ण छ । एकाध सवारीसाधान चल्ने गरेका छन् ।

यस क्षेत्रमा खानेपानीको पनि निक्कै समस्या छ । धौवादी आसपासका धेरै क्षेत्रमा अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । फलामखानीको उत्पादन शुरु गर्नुपूर्व यस क्षेत्रमा सडक, विद्युत्, खानेपानीको सुविधा होला भन्नेमा यस क्षेत्रका बासिन्दा आशावादी भएका हुन् ।

“फलाम खानी छ भन्ने मात्र थियो, पाँच-छ वर्षसम्म यत्तिकै रहँदा उत्खनन हुन्छ–हँुदैन भन्ने अन्यौलमा थियौँ, अहिले सरकारले चासोका साथ आगामी आर्थिक वर्षदेखि नै उत्पादन गर्नेभन्ने सुन्दा हामी खुशी छौँ,” हुप्सेकोटका झविलाल राना मगरले भन्नुभयो, “अब यो पहाडमा विकास हुने आशा जागेको छ ।” विसं ०६८ मा खानी तथा भूगर्व विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी फेला पारेको थियो ।

सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो । पूर्व पश्चिम राजमार्गदेखि करीब १६ किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलामखानी छ । यहाँको १० किलोमिटर आसपासका क्षेत्रसम्म फलामखानी रहेको जनाइएको छ । धौवादीको फलामखानी अहिलेसम्म फेला परेको खानीमध्ये नेपालकै ठूलो खानी भएको भूगर्भविद्ले बताएका छन् ।

नीति तथा कार्यक्रममा फलाम खानी परेसँगै झ्यालबास, रुम्सी, रामकोट, पोखरी, ल्हापे, धौवादी क्षेत्रका बासिन्दालाई यस क्षेत्रको विकास हुन्छ भन्ने आशासमेत जागेको छ । सरकारले फलामखानीबाट फलाम उत्पादन गर्ने भन्ने कुरा थाहा पाउँदा रुम्सीका पूर्णबहादुर आलेलाई गाउँमै रोजगार पाइएला भन्ने आश छ । फलामखानीसम्म पुग्ने सडक अहिले निर्माण भइरहेको छ । पहिलो चरणमा सडक विभागले झ्यालबासदेखि करीब चार किलोमिटरको ट्र्याक खोल्ने काम अघिल्लो वर्ष नै गरेको थियो ।

करीब रु ६ करोडको बजेटमा ट्र्याक खोलिएको थियो । अहिले पनि यस क्षेत्रमा रु पाँच करोड बराबरको बजेटमा थप पाँच किलोमिटर ट्र्याक खोल्ने, ग्याविन भर्ने, एक किलोमिटरमा ग्राभेल गर्ने, नाला निर्माण गर्नेलगायत कामहरु सञ्चालन गर्न लागिएको सडक विभागका सबइञ्जिनीयर नवीन पाण्डेले बताउनुभयो । सरकारले प्रत्येक वर्ष प्राथामिकतामा पारेर बजेट विनियोजन गर्दै आएको र सोहीअनुसार सडक निर्माणको काम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

। करीब रु ६ करोडको बजेटमा ट्र्याक खोलिएको थियो । अहिले पनि यस क्षेत्रमा रु पाँच करोड बराबरको बजेटमा थप पाँच किलोमिटर ट्र्याक खोल्ने, ग्याविन भर्ने, एक किलोमिटरमा ग्राभेल गर्ने, नाला निर्माण गर्नेलगायत कामहरु सञ्चालन गर्न लागिएको सडक विभागका सबइञ्जिनीयर नवीन पाण्डेले बताउनुभयो । सरकारले प्रत्येक वर्ष प्राथामिकतामा पारेर बजेट विनियोजन गर्दै आएको र सोहीअनुसार सडक निर्माणको काम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com