काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन ‘काठमाडौं –तराई–मधेश द्रुतमार्ग’को हालसम्मको प्रगति बारे जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले आइतवार साँझ जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको थियो । उहाँलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा स्वागत गर्नुभएको थियो । ...