ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो वर्षका अनौठा प्रकृतिका अपराधका कारण मिडियाबाट गलत प्रचार भइदिँदा सामाजिक त्रास उत्पन्न


एबीसी न्यूज

काठमाडौं, २२ असार   हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्काे युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।
किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना अन्य आपराधिक घटनाभन्दा पृथक खालको थियो । रोग सङ्क्रमण हुने डरले पीडितहरु उपचारका लागि शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुुगे ।
रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की पक्राउ परेपछि भने घटनामा सिरिञ्जको प्रयोग होइन काँटी प्रयोग भएको खुुलेपछि त्रास केही हदमा हराउँदै गएको छ तर अहिले पनि कुनै सामान्य पिड्को देखियो वा हिँड्दा कसैसँग ठोक्कियो या कोतरियो भने पनि घोचेर भाग्यो भनेर प्रहरीमा आउने क्रम कायमै रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटी अनुुभव सुुनाउनुहुन्छ ।
मिडियाबाट गलत प्रचार भइदिँदा सामाजिक त्रास उत्पन्न भएको उहाँको भनाइ छ । उनीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४, परिच्छेद ५ को दफा १०४ मा सामाजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा, नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको छ । छ महिलाको लिखित उजुरीमा मुद्दा चलिरहेको छ । अर्काे अनौठो घटना असारको दोस्रो साता काठमाडौँको बनस्थलीको एक गल्लीमा भयो । क्याम्पस पढ्न जाने–आउने क्रममा गल्लीमा बसेर बारा कलैयाका ३९ वर्षीय जादुलाल कुर्मीले छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील हर्कत गरे ।
पीडितहरुको उजुरीका आधारमा पक्राउ परेका उनले प्रहरीसँगको बयानका क्रममा आफूलाई रमाइलो लाग्ने गरेकाले गुप्ताङ्ग देखाउने गरेको बताएका बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले बताउनुुभयो । उनीमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२२ अनुसार सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाएको कसुरमा मुद्दा चलाइएको छ ।
यसअघि सार्वजनिक बसमा एक युवतीको पछाडि बसेर अश्लील हर्कत गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । यी प्रतिनिधि घटना हुन् । यस्ता अनौठा अश्लील खालका घटना बेलाबेलामा देखिने गरेको छ । महानगरीय प्रहरी परिसरले दिएको जानकारीअनुसार सार्वजनिक यातायातमा महिलामा टाँसिने, महिला देख्ने बित्तिकै अश्लील शब्द बोल्ने, महिलाको शौचालयमा छिरेर आनन्द लिनेजस्ता घटनासमेत भएका छन् । परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, “एक पटक महिलाको भित्री वस्त्र लुकाउने चोर्ने घटना पनि भयो ।” “यस्ता अनौठा प्रकृतिका घटना कहिलेकाहीँ देखिन्छ, यो मानसिक विकृति हो, मनस्थिति गडबडी भएका बेला यस्ता घटना हुन्छन् ।
कतिपय घटना अभिलेखसमेत हुन नसकेका पनि छन्, महिला देख्ने बित्तिकै उत्तेजित हुने घटना देखिएका छन्”, सुवेदीले थप जानकारी दिनुभयो । यस्ता घटना प्रायः गरेर अहिलेको पुस्तामा देखिएको नकारात्मक प्रवृत्ति हो, भन्नुहुन्छ सुवेदी । सामाजिक सञ्जालको दुरुपयोगले पनि घटना बढाउन मद्दत गरिरहेको छ ।
मनोविद्का अनुसार यस्ता गतिविधि बढ्दै गएमा मान्छे एकोहोरो भएर जघन्य अपराधमा संलग्न हुने या आत्महत्याको बाटो अपनाउनसमेत पछि पर्दैन । पछिल्ला यी घटनाहरु अध्ययन गर्दा उनीहरुले नियतवश योजनाबद्ध रुपमा घटना घटाएको नभई आफ्नो अगाडि एकान्तमा जो देखिन्छ उनीहरुमाथि आक्रमण गरेर मन शान्त पार्ने गरेको देखिएको सुवेदीले बताउनुुभयो । मानसिक रोग विशेषज्ञ डा सिपी सेढाईंले यस्ता घटनाहरु परीक्षण नगरी यसै भन्न नसकिने उल्लेख गर्दै भन्नुहुन्छ, “सामान्यतः मदिरा, लागुुुुुुुऔषध दुुव्र्यसनको लत वा वंशाणुुगत तथा कसैकसैमा जन्मैदेखि नकारात्मक भाव पैदा हुने खालका व्यक्तिहरु महिलाप्रति आकर्षित हुने, जिस्काउने, ‘ब्लफकल’ गर्ने र अश्लील क्रियाकलाप गर्ने हुन्छन् ।”
“मेनिया (वाइपोलार डिसअडर) का कारणले पनि मानिस नकारात्मक क्रियाकलापमा उद्दत हुन्छन्, कुनै कुनै विगतका घटनाबाट असर परेर पनि हुनसक्छ”, उहाँले थप्नुुभयो । मनोविद् डा नरेन्द्रकुमार ठगुन्ना कुनै पनि घटनाबाट असर परेका व्यक्तिमा पनि नकारात्मक भाव पैदा हुने र त्यो बेला उसले आत्मसन्तुष्टिका लागि अश्लील हर्कत देखाउने बताउनुहुन्छ । उहाँले मनोवैज्ञानिक रुपमा भन्दा यौनसँग सम्बन्धित मानसिक समस्या हो भन्नुुभयो ।
“यौनसँग सम्बन्धित मनोविकृति हो, यस्ता क्रियाकलाप गरेर उसले सन्तुष्टि लिने चाहना राख्छ, लामो समयसम्म भइरह्यो, परिवार सचेत भएन भने कडा खालको मानसिक समस्या उत्पन्न हुन सक्ने र कालान्तरमा अपराध र आत्महत्यासम्मको घटना हुनसक्ने हुन्छ ।” महिला रातिमा एक्लै ननिस्कने, एक्लै नहिँड्ने, एकान्त ठाउँ र त्यस्ता व्यक्तिको जमघट हुने ठाउँमा सचेत हुने, शङ्कास्पद गतिविधि हुने तथा शङ्कास्पद स्थानबारे प्रहरीलाई खबर गरेमा घटनाबाट बच्न सकिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com