काठमाडौं, १७ पुस । सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल आज अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न क्षेत्र घुम्नुभयो । उहाँले सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने व्यवहार गाडीको अवस्था, भाडा र आरक्षणको प्रयोगबारे ...