काठमाडौँ, २२ जेठ । चीनको तिब्बतमा रहेको सामाजिक संस्था गुडविल फाउन्डेसनले नेपालका लागि ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । गुडविल फाउन्डेशनका महासचिव मा झिजियानले आज ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई यी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नेपालमा फैलिएको कोरोना भाइरसको दोस्रो महामारीविरुद्ध संयुक्त रुपमा ...