काठमाडौँ, २२ जेठ । कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अष्ट्रेलिया सरकारले उपलब्ध गराएको छ ।बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदुत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।सो अवसरमा रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत् स्वास्थ्य सामग्री आज स्वदेश ल्याइएको सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्