ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतमा १ सय ३१ व्यवसायीको परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि


एबीसी / संवाददाता
जेष्ठ २१, २०७८ शुक्रबार  २ : ५६ बजे

काठमाडौँ, २१ जेठ निशेधाज्ञाको समयमा एक महिना सम्म अत्यावश्यक सामग्री विक्रि वितरण गर्दै आएका पर्वतका १ सय ३१ जना व्यवसायीहरुको कोरोना परिक्षण गरिएकोमा जम्मा पाच जनामा कोरोना पुष्टि भएकोले कुस्ममा संक्रमण घटेको अनुमान गर्न थालिएको छ ।

कोरोना महामारीको दोश्रो लहर सँगै बन्दाबन्दीको अवस्था सिर्जना भएपछि पर्वत जिल्ला पनि करिव एक महिना ठप्प बन्यो । यस बीचमा सवारी साधन होटल व्यवसाय दैनिक उपभोग्य सामग्रीका पसल तथा व्यवसायहरु पनि बन्द नै रहे । यसरी बन्द गरिएपनि अत्यावश्यक सामग्री विक्रि वितरण गर्ने व्यवसायीहरु दैनिक दुई घण्टा मात्रै सञ्चालनमा ल्याउने गरी निषेधाज्ञा जारी गरिएको थियो । कठिन परिबेशमा व्यवसाय सञ्चालनमा ल्याउँदा व्यवसायीहरुको अवस्था कस्तो रह्यो भन्ने बारे जानकारी लिन कोरोना परिक्षण गरिएको बताइएको छ ।
पर्वतका अन्य स्थानीय तहहरुले सम्बन्धित पालिकामा नै व्यवसायीहरुको कोरोना परिक्षण गरेपनि कुश्मा बजारमा भने पर्वत उद्योग बाणिज्य संघको सक्रियतामा व्यवसायीको कोरोना परिक्षण गरिएको हो । विहिबार गरिएको कोरोना परिक्षणका क्रममा १ सय ३१ जना व्यवसायीहरुको स्वाब संकलन गरी परिक्षण गरिएको थियो । परिक्षणका क्रममा ५ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो । रिपोर्ट आएपछि भोलिका दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निक्र्यौल गर्न सकिएको र पर्वतको व्यवसायलाई विस्तारै सञ्चालनमा ल्याउने तयारी गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्वतले कोभिड व्यवस्थापन समितिको अनुरोधमा जेठ २२ गते राति सम्मका लागि पर्वत जिल्लामा निषेधाज्ञा जारी गरेको छ । लामो समयसम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरुलाई असहज परिस्थिति सिर्जना भएको गुनासो आएपछि २२ गते पछिका दिनमा निषेधाज्ञाको नियम परिवर्तन गर्ने योजनाका साथ व्यवसायीहरुको कोरोना परिक्षण गरिएको हो । अत्यावश्यक उपभोग्य सामग्री विक्रि वितरण गर्ने व्यवसायीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गरिएको कोरोना परिक्षणको व्यवस्था बारे खुशी हुँदै कुश्मा बजारका व्यवसायी डासिराम शर्माले पर्वत उद्योग बाणिज्य संघलाई धन्यवाद दिनुभयो ।
पर्वतमा दोश्रो लहरमा मात्रै हाल सम्म १२ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने ४४ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ । केही दिन यतादेखि पर्वतमा संक्रमण र मृत्यु हुनेको संख्यात्मक दर घट्दो क्रममा छ । यद्यपि छिमेकी जिल्ला कास्की र बागलुङमा संक्रमणदर उच्च विन्दुमा नै रहेका कारण निषेधाज्ञा पुणर् रुपमा हटाउने पक्षमा भने जिल्ला प्रशासन कार्यालय देखिएको छैन । बैंक तथा वित्तिय संस्थाहरु र व्यवसायलाई स्वास्थ्य मापदण्ड अप्नाएर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com