ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतमा १ सय ३१ व्यवसायीको परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि


एबीसी / संवाददाता
जेष्ठ २१, २०७८ शुक्रबार  २ : ५६ बजे

काठमाडौँ, २१ जेठ निशेधाज्ञाको समयमा एक महिना सम्म अत्यावश्यक सामग्री विक्रि वितरण गर्दै आएका पर्वतका १ सय ३१ जना व्यवसायीहरुको कोरोना परिक्षण गरिएकोमा जम्मा पाच जनामा कोरोना पुष्टि भएकोले कुस्ममा संक्रमण घटेको अनुमान गर्न थालिएको छ ।

कोरोना महामारीको दोश्रो लहर सँगै बन्दाबन्दीको अवस्था सिर्जना भएपछि पर्वत जिल्ला पनि करिव एक महिना ठप्प बन्यो । यस बीचमा सवारी साधन होटल व्यवसाय दैनिक उपभोग्य सामग्रीका पसल तथा व्यवसायहरु पनि बन्द नै रहे । यसरी बन्द गरिएपनि अत्यावश्यक सामग्री विक्रि वितरण गर्ने व्यवसायीहरु दैनिक दुई घण्टा मात्रै सञ्चालनमा ल्याउने गरी निषेधाज्ञा जारी गरिएको थियो । कठिन परिबेशमा व्यवसाय सञ्चालनमा ल्याउँदा व्यवसायीहरुको अवस्था कस्तो रह्यो भन्ने बारे जानकारी लिन कोरोना परिक्षण गरिएको बताइएको छ ।
पर्वतका अन्य स्थानीय तहहरुले सम्बन्धित पालिकामा नै व्यवसायीहरुको कोरोना परिक्षण गरेपनि कुश्मा बजारमा भने पर्वत उद्योग बाणिज्य संघको सक्रियतामा व्यवसायीको कोरोना परिक्षण गरिएको हो । विहिबार गरिएको कोरोना परिक्षणका क्रममा १ सय ३१ जना व्यवसायीहरुको स्वाब संकलन गरी परिक्षण गरिएको थियो । परिक्षणका क्रममा ५ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो । रिपोर्ट आएपछि भोलिका दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निक्र्यौल गर्न सकिएको र पर्वतको व्यवसायलाई विस्तारै सञ्चालनमा ल्याउने तयारी गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्वतले कोभिड व्यवस्थापन समितिको अनुरोधमा जेठ २२ गते राति सम्मका लागि पर्वत जिल्लामा निषेधाज्ञा जारी गरेको छ । लामो समयसम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरुलाई असहज परिस्थिति सिर्जना भएको गुनासो आएपछि २२ गते पछिका दिनमा निषेधाज्ञाको नियम परिवर्तन गर्ने योजनाका साथ व्यवसायीहरुको कोरोना परिक्षण गरिएको हो । अत्यावश्यक उपभोग्य सामग्री विक्रि वितरण गर्ने व्यवसायीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गरिएको कोरोना परिक्षणको व्यवस्था बारे खुशी हुँदै कुश्मा बजारका व्यवसायी डासिराम शर्माले पर्वत उद्योग बाणिज्य संघलाई धन्यवाद दिनुभयो ।
पर्वतमा दोश्रो लहरमा मात्रै हाल सम्म १२ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने ४४ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ । केही दिन यतादेखि पर्वतमा संक्रमण र मृत्यु हुनेको संख्यात्मक दर घट्दो क्रममा छ । यद्यपि छिमेकी जिल्ला कास्की र बागलुङमा संक्रमणदर उच्च विन्दुमा नै रहेका कारण निषेधाज्ञा पुणर् रुपमा हटाउने पक्षमा भने जिल्ला प्रशासन कार्यालय देखिएको छैन । बैंक तथा वित्तिय संस्थाहरु र व्यवसायलाई स्वास्थ्य मापदण्ड अप्नाएर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com