काठमाडौ २२ असार । नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन्। आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीनिकट नेता महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर गरेका हुन्। ...