ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच अन्तरविरोध छैन- महासेठ


abc news

काठमाडौ २२ असार । नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन्।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीनिकट नेता महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर गरेका हुन्।

‘बजार हल्ला छ( अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन महासेठले भने, अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन।’

महासेठले थपे, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ।’

राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी पूर्वराष्ट्रपति भण्डारीले यही असार १४ गते मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत आफू पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।

त्यसयता अब भण्डारीले एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई टक्कर दिने चर्चा भइरहेको छ। राष्ट्रपति हुनु पहिले भण्डारी एमालेकी उपाध्यक्ष थिइन्।

भण्डारीलाई रोक्न प्रधानमन्त्री छँदै ‘अर्ली महाधिवेशन’ गरेर अध्यक्ष बन्ने ओलीको तयारी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

भूमि मन्त्रीको स्पष्टीकरण : अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियो

सार्वजनिक अडियोमा संलग्नता देखिए जस्तोसुकै सजाय भोग्न तयार छु – मन्त्री अधिकारी

नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार ७५ अङ्कले बढ्यो, साढे १६ अर्ब रुपैयाँको कारोबार

मधेसी भएकाले राजकुमारलाई राजीनामा दिन बाध्य पारियो, बलरामले दिनुपर्दैन- उपेन्द्र यादव

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com