काठमाडौं, ६ मंसिर । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने उल्लेख छ । रिहा गरिने ५० बन्धकमा महिला र बालबालिका हुनेछन् ...