काठमाडौ ५ मंसिर । न्यायपरिषदले उच्च अदालतका ६ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको मंगलबारको बैठकले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।
शाह उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायधीश हुन् भने पोखरेल उच्च अदालत सुर्खेतका न्यायधीश हुन्। त्यस्तै राजभण्डारी उच्च अदालत विराटनगरका न्यायाधीश हुन् भने पौडेल उच्च अदालत सुर्खेतअन्तर्गत विशेष अदालतका अध्यक्ष हुन्।
त्यस्तै पाण्डे उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश र थापा उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हुन्।सिफारिस भएसँगै उनीहरूको संसदीय सुनुवाई हुने भएको छ। संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्ति हुन्छ।
प्रतिक्रिया दिनुहोस्