काठमाडौं १३ फागुन । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । आइतबार क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ४९।३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो । नेपालको सुरुवात राम्रो थियो । ...