काठमाडौं २५ फागुन । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ...