काठमाडौं १५ साउन । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उहाँकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ । मलङ्गवा नगरपालिका–४ मा बस्दै आउनुभएका ८१ वर्षका रायको पुर्खौली गाउँ चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार ...