ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय संसद भवन निर्माण छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन


एबीसी न्यूज
श्रावण १५, २०८१ मंगलबार  १ : ०३ बजे

काठमाडौं १५ साउन । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मङ्गलबार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुग्नुभएको उहाँले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले सबै सम्भावनाहरुलाई प्रयोग गरेर भए पनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरुको सङ्ख्या बढाएर कामलाई तीव्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनुभयो ।

उपप्रधानमन्त्री सिंहले समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरुले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिहेका बताउनुभयो । बाँकी भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरुले काम गरिरहेको उहाँको भनाइ थियो ।

शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको सङ्ख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालले बताउनुभयो ।

उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिव ६ अर्ब ३० करोड लागतमा तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित सुरु भएको सो भवन निर्माण कार्य कोभिडका कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

बाँकी भने थप गरिएको समयभित्र सो कार्य सम्पन्न गराउनका लागि निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भइरहेको मन्त्रालयका सचिव गेलाले बताउनुभयो ।

यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार मतगणना, कसले कति पाए ?

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com