ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभा बैठकमा सुदूरपश्चिम सरकार गयल, विपक्षी सांसदले टर्च बालेर गरे खोजी


एबीसी न्यूज

काठमाडौं १४ साउन । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकार गयल भएपछि बैठक स्थगित भएको हो।

प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले बताए।

सुदूरपश्चिमम प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम ५ ले मन्त्रीको उपस्थित अनिवार्य गरेको छ। अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित अन्य ५ मन्त्री संसद छल्दै आएका छन्।

 

विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा कृषि मन्त्री टीका थापा उपस्थित भएर बैठक सञ्चालन भएको थियो। बैठकमा सहभागी नहुने मुख्यमन्त्री सोडारीको रणनीतिविपरित बैठकमा सहभागी भएपनि आइतबार कृषि मन्त्री थापा बर्खास्तमा परिन्।

२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको तयारी थियो। एमाले र कांग्रेसले प्रदेश प्रमुख नजिर मियाँसमक्ष समावेदन पेश गर्दै विशेष अधिवेशन माग गरेर सोडारीलाई अध्यादेश ल्याउनबाट रोकिएको थियो।

त्यसपछि सोडारी नेतृत्व सरकार विशेष अधिवेशनको बैठकमा सहभागी भएको छैन।

विपक्षीले बाले टर्च
सुदूरपश्चिम प्रदेश सरकार संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरुले सोमबार दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन्।

संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्धारमा नेपाली, कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए।

‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन। जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन,’ उनले भने, ‘त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको हो।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरी नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com