काठमाडौँ, २ चैत। राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्। मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर ...