काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाउनुभएको सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नुभएको छ । ...