ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’ देखिएन– प्रचण्ड


एबीसी न्यूज

 


काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साउनभित्र स्थायी र केन्द्रीय समितिको बैठक बसेर भदौदेखि देशव्यापी नयाँ अभियान सञ्चालन गरिनेछ भन्नुभयो ।

पार्टी एकता गरेर असाधारण पहल कदमी अगाडि बढाइएको उल्लेख गर्दै उहाँले एकताका क्रममा आइपरेका चुनौती र घेरा पार गरी माथिदेखि तलसम्मका काम अन्तिम चरणमा पु¥याइएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “पार्टी एकतालाई अझ सुदृढ गर्ने र सरकारको कामलाई प्रभावकारी बनाएर नेपालबाट समाजवादको नयाँ ‘मोडल’ देश र दुनियाँलाई दिने सङ्कल्प गर्नु नै कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि हो ।”

नेपाल कम्युनिष्ट र राजनीतिक आन्दोलनका क्रममा विशिष्ट मोडमा उभिएको चर्चा गर्दै नेपाली जनताले दिएको ठूलो अवसरको सदुपयोग गर्न बुद्धिमत्तापूर्ण ढङ्गबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री दाहालले दुई तिहाइ जनमत प्राप्त सरकारले जनताका पक्षमा गरेका कामका बारेमा जानकारी गराउँदै सरकारका कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने बताउनुभयो ।

“जनताको विश्वासलाई कायम राख्दै ठूलो उचाइ हासिल गर्नु छ । नेपालबाट समाजवादको उन्नत मोडल विश्वलाई दिनु छ । समाजवादको नयाँ धारा, मोडल र ‘सिस्टम’ दुनियाँलाई दिन सक्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढीकरण गर्दै सरकारको काम प्रभावकारी बनाई जनताको भावना सम्बोधन गरेर मात्रै समाजवाद सम्भव भएको बताउनुभयो ।

केही मान्छे निश्चित समयसम्म मात्र पार्टीमा लाग्ने र त्यसपछि विचलित हुने आम प्रवृत्तिबीच कर्माचार्यले जीवनभर उद्देश्य र आदर्श तथा वैचारिक निष्ठा राखेर आफूलाई समर्पित गराएको स्मरण गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “कर्माचार्यले जीवनभर आफूलाई कम्युनिष्ट आन्दोलनप्रति समार्पित गर्नुभयो, माक्र्सवादी मूल्य मान्यतालाई आफ्नो जीवन व्यवहारमा उतार्नुभयो ।”

कर्माचार्यको वैचारिक र आन्दोलनप्रतिको निष्ठा मुख्य विशेषताका रुपमा रहेको अध्यक्ष दाहालको भनाइ थियो । “उहाँ एउटा असाध्यै सरल, पारदर्शी, ‘अवसरवादको गन्ध’ नभएको व्यक्तिका रुपमा हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा धेरै विसङ्गति र विकृति देखिएको छ । कर्माचार्यले जीवनभर त्यस्ता कदमविरुद्ध सङ्घर्ष गर्नुभयो ।”

सरलता, स्वाभाविकता, पारदर्शिता, इमान्दारिताको पर्यायका रुपमा कर्माचार्य रहेको स्मरण गर्दै अध्यक्ष दाहालले कर्माचार्यको गुणबाट सिक्ने, शिक्षा लिने र आफ्नो जीवनलाई पनि त्यसरी नै रुपान्तरण गर्नुपर्छ भन्नुभयो । “आफ्नो जीवन राष्ट्र र जनताको निम्ति समर्पित गर्नुपर्ने र प्रेरणा लिने दिनका रुपमा आजको दिन रहेको छ”, उहाँले भन्नुभयो ।

साउन महिनामा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र संस्थापक सदस्य कर्माचार्य तथा तुलसीलाल अमात्य ९केही दिनपछि० को स्मृति परेको सन्दर्भ उल्लेख गर्दै उहाँले यो महिना नेपाल कम्युनिष्ट पार्टीका अग्रणी तथा संस्थापक नेताको स्मरण गर्ने, योगदानको चर्चा गर्ने र उहाँहरुको गुणबाट शिक्षा र प्रेरणा लिई अगाडि बढ्ने महिनाका रुपमा रहेको अथ्र्याउनुभयो ।

सबै कम्युनिष्ट पार्टीका बीचमा एकता होस् भन्ने उहाँको भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस अवस्थामा कर्माचार्यलाई सम्झनु भनेको पार्टी एकतालाई थप बलियो बनाउनु हो भन्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “कर्माचार्य उमेर ज्येष्ठ भए पनि काम गर्ने क्षमताको हिसाबले जीवनभर युवा नै हुुनुहुन्थ्यो ।”

कर्माचार्यको घरमा नै बसेर जनयुद्धमा जाने निर्णय गरिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “क्रान्तिप्रति सधैँ चिन्तित हुनुहुन्थ्यो । हामी जनयुद्धमा जाँदा पनि सधैँ हाम्रो चिन्ता गर्नुहुन्थ्यो । सबैलाई अभिभावकत्व दिनुहुन्थ्यो ।” कुनै महत्वकाङ्क्षा नराख्ने नेताका रुपमा कर्माचार्यलाई आफूले पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उहाँ पदप्रतिष्ठाको खोजी गर्नेतर्फ नलागेको बताउनुभयो । “कम्युनिष्ट आन्दोलनको विस्तार र कम्युनिष्ट शक्तिबीचको एकता नै उहाँको स्वार्थ थियो ।”

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई ठूला पार्टीबीचको एकतालाई अझ मजबुद बनाएर लैजानुपर्नेमा जोड दिँदै कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । स्व कर्माचार्य जहिले पनि कम्युनिष्ट शक्तिबीचको एकताको पक्षमा रहेको स्मरण गर्दै उहाँले उहाँ जीवितै भएको भए पार्टी एकताबाट निकै खुसी हुनुहुन्थ्यो भन्नुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनमा कर्माचार्यले पु¥याउनुभएको योगदानका बारेमा अवगत गराउनुभएको थियो ।सो अवसरमा नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

कर्माचार्य २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणा विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय हुनुभएको थियो । २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेतामध्ये स्व कर्माचार्य पनि एक हुनुहुन्थ्यो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

कम्युनिष्ट पार्टीको गठनपश्चात उहाँ मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । जीवनको उत्तरार्धमा तत्कालीन एकीकृत नेकपा माओवादीको संरक्षकका रुपमा रहनुभएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय नै हुनुहुन्थ्यो । उहाँको ८९ वर्षको उमेरमा २०७० साल साउन ९ गते अर्थात् आजकै दिन निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com