हिंसा । त्रासदी । भोक । अल्पविकास । अपहरण । प्रकोप । भूकम्प । हाइटीको नाम लिँदा यी पहिचान स्वतः जोडिएर आउन थालेको पनि एक शताब्दीभन्दा बढी भइसक्यो । यसपटक देशका राष्ट्रपति उनकै सयनकक्षमा मारिए । एउटै टापुको पूर्वी भागमा रहेको मुलुक डोमिनिकन रिपब्लिकका नागरिकले भूमिगत रेल सञ्जाल, उचित स्वास्थ्य सेवा, गुणस्तरीय सार्वजनिक विद्यालय ...