ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालिवान सत्तामा आएको झन्डै १० महिनापछि भारतीय टोली काबुलमा


एबीसी / संवाददाता

काठमाडौं, २० जेठ । अफगानिस्तानमा तालिवान सत्तामा आएको झन्डै दस महिनापछि भारतले पहिलोपटक तालिवान सरकारसँग औपचारिक कूटनीतिक सम्बन्ध बढाएको छ ।अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामग्री पठाएर तालिवान सररकारसँग आफूलाई ‘इन्गेज’ राखिरहेको भारतले पहिलोपटक आफ्ना अधिकारीलाई काबुल पठाएको हो । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका संयुक्त सचिव ९पीएआई० जेपी सिंहको नेतृत्वमा अधिकारीहरूको टोली अफगानिस्तान पठाएको जनाएको छ ।टोलीले भारतले अफगानिस्तानलाई उपलब्ध गराएको मानवीय सहायताको निरीक्षण गर्ने तथा अफगानिस्तान सरकारलाई सहयोग पुर्‍याइरहेका विदेशी संघसंस्थासँग भेटघाट गर्ने बताइएको छ । सम्भव भएसम्म भारतले गरेको सहयोग परिचालन भएका स्थानसम्म टोली पुग्ने मन्त्रालयले जनाएको छ । त्यसका साथै, भारतले उपलब्ध गराएको मानवीय सहायताका सन्दर्भमा पनि अधिकारीहरूले तालिवान सरकारसँग कुराकानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।भारतले अहिलेसम्म आफगानिस्तानका लागि २० हजार मेट्रिक टन गहुँ, १३ टन औषधि, ५ लाख कोभिडविरुद्धको खोप तथा कपडालगायतका सामग्री सहयोग गरिसकेको छ । तालिवानले गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेको हो । अमेरिकी सेनाले अफगानिस्तान छाडेलगत्तै तालिवानले बन्दुकको आडमा शासन सत्ता नियन्त्रणमा लिएको थियो ।

तालिवान समूह पाकिस्तानसँग निकट रहेको र आतंकवादी गतिविधिमा संलग्न रहेको भारतको बुझाइ छ । जसका कारण तालिवान सरकारमा आएसँगै भारतले आफ्ना नागरिक फिर्ता ल्याउनुका साथै दूतावास हटाएको थियो ।

तर पछिल्लो समय तालिवान सरकारसँग सम्बन्ध विस्तार गर्नका लागि भारत सक्रिय हुन थालेको हो । सिंहको नेतृत्वमा काबुल पुगेको भारतीय टोलीले गर्ने भेटवार्ता तालिवान नेताहरूसँगको पहिलो औपचारिक वार्ता हुनेछ । यसअघि अनौपचारिक रूपमा भने भारतले विभिन्न सम्पर्कमार्फत तालिवान नेतासँग कुराकानी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com