काठमाडौं २५ कात्तिक । पाकिस्तानको मुल्तान शहरमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई हजारभन्दा माथि पुगेको छ । यो विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले तोकेको खतरनाक तहभन्दा झन्डै सात गुणाले धेरै हो । डब्लुएचओको मापदण्ड अनुसार एक्यूआई तीन सयभन्दा माथि पुगेमा मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ ...