ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका नेताद्वारा ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिबद्धता


एबीसी न्यूज
कार्तिक २१, २०८१ बुधबार  ५ : ४१ बजे

काठमाडौं २१ कात्तिक । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भए पनि उहाँलाई बधाई दिने क्रम सुरू भएको हो ।

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु। इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबिचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।”

“हामी एक बलियो ट्रान्सएटलान्टिक एजेण्डामा सँगै काम गर्नेछौँ,” भोन डेर लेयेनले एक्समा लेख्नुभएको छ ।

त्यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नाटो० का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उहाँको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै भन्नुभयो, “हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्षाका साथ उहाँसँग काम गर्न तयार छौँ ।”

अमेरिकी राष्ट्रपतीय निर्वाचन परिणाममा अग्रता कायम गरिरहेको अवस्थामा नै सामाजिक सञ्जाल ‘एक्स’ मा म्याक्रोँले लेख्नुभएको छ, “तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ ।”

परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भन्नुभयो, “हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौं ।” उहाँले भन्नुभयो, “हामी अमेरिकी जनताको रोजाइको सम्मान गर्छौं ।”

त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

“म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु । यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्व अमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताउनुभएको छ ।

नेतन्याहूले आफ्नो कार्यालयद्वारा जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई १ ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक पुनरागमनले अमेरिकाका लागि नयाँ सुरुवात प्रदान गर्दछ र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनप्रति एक शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्दछ। यो ठूलो विजय हो ।”

उहाँले भन्नुभयो, “उहाँको नेतृत्व हाम्रो गठबन्धनलाई बलियो बनाउन फेरि महत्त्वपूर्ण हुनेछ । म नाटोमार्फत शक्तिको माध्यमबाट शान्तिलाई अगाडि बढाउन उहाँसँग फेरि काम गर्न उत्सुक छु,” रुटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा हुने क्रमसँगै डलरको भाउ बढेको छ । बिटक्वाइनले उच्च रेकर्ड हासिल गरेको छ र युरोपेली शेयर बजारमा उछाल आएको छ ।

ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने र टेक अर्बपति एलन मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने वाचा गर्नुभएको छ ।

अर्थशास्त्री तथा एशो क्यापिटलका संस्थापक पिटर एशोले भन्नुभयो, “बजारहरू पछि के हुन्छ विश्लेषकहरूले पत्ता लगाउने कोसिस गरिरहेका छन्, तर केही समयको लागि, बजारले उच्च वृद्धि र उच्च मुद्रास्फीति दृष्टिकोणबाट मूल्य निर्धारण गरिरहेको छ।”

ट्रम्पको समर्थनमा खरो उत्रिनुभएका एलन मस्कको टेस्ला कम्पनी ९सन् २००३ मा स्थापित टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी० को शेयरमा प्रारम्भिक १२ प्रतिशतले उछाल आएको छ ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले बुधबार अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएको दाबी गरेका डोनाल्ड ट्रम्पको कदमको मूल्याङ्कन गरेर समर्थज वा आलोचना गर्ने बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भन्नुभयो, “हामी ठोस कदम र ठोस शब्दका आधारमा निष्कर्ष निकाल्नेछौँ। ” ‘ट्रम्पलाई चुनावमा बधाई दिने राष्ट्रपतिको योजनाबारे आफूलाई जानकारी नभएको’ उहाँले बताउनुभयो । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com