काठमाडौं १९ माघ । पर्यटन क्षेत्रमा लगानी गरिरहेको आईएमई समूहले बागलुङमा ३० करोड लागतमा इला कम्फर्ट होटल सञ्चालन गरेको छ। शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटलको उद्घाटन गरेका हुन्। बागलुङ जिल्लालाई पर्यटन प्रवर्द्धन गरी आर्थिक गतिविधि बढाउने उद्देश्य राखिएको समूहले जनाएको छ। ...