काठमाडौं १९ माघ । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एअर एम्बुलेन्स दुर्घटना भएको हो।
जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए।
मेयर चेरेल पार्करका अनुसार मृत्यु हुनेको कूल संख्या अझै थाहा हुन सकेको छैन। उनले भनिन्, ‘धेरै घर र सवारीसाधन प्रभावित भएका छन्।’
एफएएले विज्ञप्ति जनाएअनुसार लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड(ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको थियो। तर विमान स्थानीय समयानुसार साँझ ६स्३० बजेतिर दुर्घटनाग्रस्त भयो।
अधिकारीहरूले मृत्यु वा घाइतेको पुष्टि गरेका छैनन्। भिडिओमा दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।
गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको ज्यान गएको थियो।








प्रतिक्रिया दिनुहोस्