इटहरी, १० असार । सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय इटहरीका ट्राफिक ...