ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल प्रशिक्षक कामविहीन बने, सरकारी तलब खाने प्रशिक्षक वर्षौंदेखि फुर्सदिला


bhawani desk
असार ८, २०७५ शुक्रबार  १ : ५७ बजे

बागलुङ, ८ असार । भौतिक पूर्वाधार र सामग्रीको अभावमा यहाँका खेल प्रशिक्षक कामविहीन बनेका छन् । सरकारी तलब खाने प्रशिक्षक वर्षौंदेखि फुर्सदिला देखिन्छन् । जिल्ला खेलकूद विकास समितिअन्तर्गत एक प्रशिक्षक र छ सहायक प्रशिक्षक गरी सात खेलका प्रशिक्षक छन् जसमा भारत्तोलन, ह्याण्डबल र जिम्न्यास्टिकको प्रशिक्षण अहिले बन्द छ ।

पूर्वाधारको कमीले प्रशिक्षण चलाउन नसकिएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । समितिको नाममा रहेको एउटा मात्र ‘टेबुल टेनिस कर्भड हल’ पनि अहिले निर्माणको चरणमा छ । जीर्ण कर्भड हल भत्काएर नयाँ बनाउन थालेपछि टेबुल टेनिसको प्रशिक्षण पनि चल्न सकेको छैन ।

व्यवस्थित कर्भड हल र खेल मैदान नहुँदा खेलकुद अस्तव्यस्त बनेको समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो ।
मार्शल आर्टतर्फ तेक्वान्दो, कराँते र उसुको भने नियमित प्रशिक्षण चलिरहेको उहाँको भनाइ छ । जिल्लामा सबैभन्दा बढी मार्शल आर्टकै खेलाडी उत्पादन हुँदै आएका छन् । अन्य खेलमा भने नयाँ खेलाडी उत्पादन ठप्प छ ।

कुनै खेलका प्रशिक्षक छन् तर खेलाडी छैनन् । कुनैमा खेलाडी भएपनि प्रशिक्षक छैनन् । सबैभन्दा सम्भावना भएको भलिबल, क्रिकेट, सुटिङ, एथलेटिक्स लगायतका खेलमा प्रशिक्षकै छैनन् जब कि जिल्लामा खेल्दै नखेलिने जिम्न्यास्टिक, ह्याण्डबल र भारत्तोलनका प्रशिक्षक छन् ।

खेल मैदान नहुँदा ह्याण्डबल खेलाउन नसकिएको सहायक प्रशिक्षक भीमसेन शाक्यले बताउनुभयो । ‘ह्याण्डबलको लागि निश्चित मापदण्डको मैदान चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘मैदान व्यवस्थापनका लागि प्रयास भइरहेको छ ।’ बागलुङ नगरपालिका–१ को बाङ्गेचौर फुटबल मैदान व्यस्त हुने हुँदा ह्याण्डबल खेलाउन सम्भव नभएको उहाँको भनाइ छ ।

सहायक प्रशिक्षक शाक्यले समितिमा कार्यालय सचिवको समेत जिम्मेवारी सम्हाल्नुभएकाले ह्याण्डबललाई पर्याप्त समय दिन सक्नुभएको छैन । जिम्न्यास्टिक खेलको प्रशिक्षण त वर्षौंदेखि बन्द छ ।

उक्त खेलका लागि चाहिने ‘म्याट’ थोत्रिएपछि प्रशिक्षण चलाउन नसकिएको समितिका अध्यक्ष परियारले बताउनुभयो । ‘पहिले राखेपले दिएको म्याट जीर्ण भएर खेल्न नमिल्ने भएको छ,’ उहाँले भन्नुभयो । भारत्तोलनका सामग्री पनि जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

‘सामग्री थपथाप गरेर भारत्तोलन शुरु गर्ने तयारी छ, प्रशिक्षक पनि लाग्नुभएको छ,’ उहाँले भन्नुभयो । खेल सामग्री मात्र नभएर खेल खेलाउने ठाउँको समेत उत्तिकै अभाव रहेको उहाँको भनाइ छ ।

भाडा तिरेर प्रशिक्षण चलाउन सक्ने अवस्था नरहेको समितिले जनाएको छ । खेलकूदमा आउने न्यून बजेटले पूर्वाधार विकासका काम यथोचित रुपमा अघि बढ्न सकेका छैनन् । बहुउद्देश्यीय कर्भड हल बनेमा मात्र खेल प्रशिक्षण नियमित चलाउन सकिने प्रशिक्षकहरु बताउँछन् ।

जिल्लामा भारत्तोलनको प्रशिक्षकमा विकासकुमार शाक्य, ह्याण्डबलमा भीमसेन शाक्य, टेबुल टेनिसमा सुख शाक्य, उसुमा दिलबहादुर किसान, तेक्वान्दोमा परशुनारायण बोहोरा, जिम्न्यास्टिकमा राजेश बाँस्कोटा र कराँतेमा धनदास महर्जन रहनुभएको छ । शाक्य प्रशिक्षक र बाँकी सहायक प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । पूर्वाधारसँगै समितिमा कर्मचारीको समेत अभाव छ । समितिमा रहेको नायब सुब्बा र सहायक लेखापालको दरबन्दी अहिले रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com