काठमाडौंँ, २४ माघ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरुलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, खम्बा, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्डसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको जनाएको छ । ...