काठमाडौं २८ चैत । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु भएको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा एमाले का विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराउनुभयो । ...