काठमाडौ २८ चैत । परिश्रम विना यस संसारमा कुनै पनि सफलता प्राप्ति संभव छैन । परिश्रमबाट हरेक चीजको प्राप्ति सम्भव छ । मनले चाहेर र अरुको प्रगति देखेर मात्र हुदैन आफैले सफलता प्राप्त गर्न भने कडा परिश्रम गर्ने पर्छ। सुतिराखेको सिंहको मुखमा हरिण आफै आउँदैन । उसलाई आहारा खोज्न दौड धूप त गर्नैपर्छ । त्यस्तै आफ्नो काममा इमानदारपुर्वक मेहनत गर्ने इच्छाशक्ति भयो भने कुनै न कुनै दिन त्यो लगनशिलताले सम्मान प्राप्त गर्ने कुरामा कुनै दुईमत छैन। त्यसैक्रममा नयाँ प्रविधिमा चासो राख्दै अपडेट हुने भिडियो एडिटर दिपक श्रेष्ठ सम्मानित भएका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स एआई मार्फत नेपाली भाषामा भिडियो समाचार प्रसारण गर्ने कार्यमा उत्कृष्ट भएपछी श्रेष्ठलाई सम्मान गरिएको हो। उनी एआईको माध्यमबाट भिडियो समाचार नियमित प्रसारण गर्ने नेपालको पहिलो अनलाइन टिभी समय टिभीमा आबद्द रहेका छन्। उनले उक्त प्लेटफर्मबाट नयाँ प्रविधिको प्रयोग गरी पत्रकारितालाई नयाँ आयाम दिने अभ्यास सुरु गरेको सम्मान पत्रमा लेखिएको छ ।
एआइबाट समाचार वाचन गराउने श्रेष्ठको अभ्यास आफैमा उच्च प्रविधि र अति नविन प्रयोग भएकाले राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड प्रदान गरिएको आयोजकहरुले जनाएका छन् । आयोजक संस्था न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिं परियार, प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा। चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले श्रेष्ठलाई अवार्ड प्रदान गरेका थिए । सो अवसरमा डिजिटल मिडियामा राम्रा काम गर्ने र लोकप्रिय पत्रकार ऋषि धमलासहित अरु २३ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्