काठमाडौं १८ असार । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। सोमबार मध्यराति नेकपा एमालेले कांग्रेससँग गरेको समझदारीपछि माओवादीको आकस्मिक बैठक बसेका हो। बैठकमा अबको रणनीति तय हुने बताइएको छ। माओवादी बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओली पनि बालुवाटार पुगेका थिए। ...