धनुषा, १७ साउन । शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहले जनकपुरधामको विकासको लागि जनकपुरवासी इमान्दारीपूर्वक एकजुट हुनु आवश्यक रहेको बताउनुभएको छ । मन्त्री साहले जनकपुरधामलाई पर्यटकीय नगरी बनाउन र यसको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो । जनकपुरस्थित विभिन्न ताल तलैयाको आज शिलान्यास ...