सुर्खेत, ४ जेठ। ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीया मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद ...