काठमाडौं, २७ साउन। सरकारले वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयका सचिव राजन खनालले सरकार वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने सोचमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकीकृत कोषका आधारमा वैदेशिक सहायता लिनुपर्छ भन्ने सोच अघि बढाइएको छ, दाताबाट ...