काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने उद्देश्यले सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा बस्ने बैठकले यसअघिको बनाइएको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ । कार्यदलको यसअघिको बैठकले सरकारका प्राथमिकता र मन्त्रीहरूका लागि आचारसंहिता बनाएको छ । ...