बागलुङ, १८ साउन । बागलुङ जिल्लाको गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना यात्रु मध्ये ११ जना यात्रु घाइते भएका हुन्। १० जना भने सकुशल छन् ।
दुर्घटनामा परी गुल्मीको मुसिकोट नगरपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा घाइते हुनुभएको छ ।
यसैगरी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भइ हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुँवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना हुनुहुन्छ । घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
बसको ब्रेक फेल भइ सडकको भित्तामा ठोकिएको प्रत्यक्षदर्शिले बताएका छन् । बसका चालक चित्रबहादुर खड्कालाई प्रहरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको हवारिले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्