काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीे बैठक आज बस्दैछ ।
दिउंसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित हुनेछ । आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि क्रियाशील सदस्यता छानविन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शीर्ष तहलाई दि“दै प्रतिवेदन बुझाएको थियो । पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन सकेको छैन । यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विवादका बीच थपिएको क्रियाशील सदस्यसंख्या स्वीकार गर्न नसकिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्