काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिगमा आफ्नो उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । सन्दीप दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको बाक्लो ...