
बुटवल, १८ असार। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि गएराति ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।
सडकमा पहिरो झरेपछि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । सडक अवरुद्ध विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका सयौं सवारीसाधन र हजारौं यात्रुहरु सडकमै रोकिएका छन् ।
वर्षा भइरहेकाले रातको समयमा डोजर ल्याएर पहिरो पन्छाउन नसकिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सोमबार बिहानैदेखि डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ । वर्षा भइरहेकाले पहिरो पन्छाउन गाह्रो भइरहेको सडक बिभागका कर्मचारीहरु बताउँछन् ।







प्रतिक्रिया दिनुहोस्