काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विहीवार यहाँ मन्त्रिपरिषद्का सदस्य र सचिवलाई निर्देशन दिँदै उहाँले भारतसँग मिचिएको भूमि संवाद गरी फिर्ता लिइने बताउनुभयो । ...