
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गनुर्भएको छ । उहाले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ भने यस्तै ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज बिहीबार विहान सपथग्रहण हुनेछ ।
को-को आए नयाँ अनुहार ?
सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।
त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । रामवीर मानन्धरलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मन्त्रालय हेरफेर
उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवको मन्त्रालय हेरफेर भएको छ । उहाँलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्