कैलाली, १७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्र्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन गर्दै उहाँले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनु हो भन्नुभयो । ...