ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकाको प्रश्न – प्रधानमन्त्री बन्छु भन्ने सोच्नुभएको थियो ?


एबीसी न्यूज


काठमाडौं, १७ पुस ।  “हजुर, जस्ता प्रश्नको पनि उत्तर सामान्य ढङ्गबाट दिनुहुन्छ, यहाँले जस्तो अथाह ज्ञान पाउन हामीले कसरी पढ्ने होला ?”, जेभियर्स इन्टरनेशनल स्कुलका छात्र प्रज्ञान बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा सामान्य लाग्ने गम्भीर प्रश्न राख्नुभयो ।

प्रश्न खस्ने बित्तिकै नेपाल प्रज्ञा प्रतिष्ठानको खचाखच हल पररर।।। तालीले गुञ्जियो । अच्चम्मको प्रश्न सुनेर स्वयं बालबालिका मुखामुख गरेर हाँसे । बालबालिकाको सामुन्य हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओली । उहाँ पनि प्रश्न सुनेर छक्क पर्नुभयो । अनि मन्द मुस्कुराउनुभयो ।

“ज्ञान संसारमा यति धेरै छ, विश्व ज्ञानको भण्डार हो, त्यसको हामीले एउटा सानो अंश मात्रै प्राप्त गर्न सक्छौँ, भाइबहिनीहरुलाई जुन मसँग अथाह ज्ञानको भण्डार छ भन्ने लागेको छ, त्यो साँचो होइन”, उनीहरुको जिज्ञासा मेटाउँदै प्रधानमन्त्रीले थप्नुभयो, “विश्वमा ज्ञानको भण्डार अथाह भएकाले आफूलाई चाहिने र विषयगत ज्ञान प्राप्त गर्नुपर्छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानमा आज ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम थियो । चिटिक्क सजाइएको प्रतिष्ठानको हलमा प्रधानमन्त्री ओली स्काउटको पोसाकमा हुनुहुन्थ्यो । बालबालिका पनि स्काउट पोसाकमै थिए ।

उक्त कार्यक्रममा बालबालिकाले प्रधानमन्त्रीलाई विभिन्न प्रश्न तेर्साए । प्रफुल्लित देखिनुभएका प्रधानमन्त्री ओलीले पनि सहज र सरल रुपमा जिज्ञासा मेटाउनुभयो । बालबालिकासँग सवालजवाफ गर्न पाउँदा प्रधानमन्त्रीको अनुहारमा छुट्टै चमक देखिन्थ्यो । प्रधानमन्त्रीसँग जिज्ञासा राखेर नजिकबाट नियाँल्न पाउँदा बालबालिकाहरु खुशी नहुने कुरै भएन ।

उनीहरुले प्रधानमन्त्रीलाई बाल्यकालका स्वभावदेखि भविष्यको लक्ष्य, राजनीतिक घटनाक्रम र समसामयिक विषयका प्रश्न राखे । “बाल्यकालमा तपार्इंको लक्ष्य के थियो रु प्रधानमन्त्री बन्छु भन्ने सोच्नुभएको थियो ?” विनम्र श्रेष्ठले सोध्नुभयो । “एक दुर्गम गाउँमा त्यसमाथि अहिलेभन्दा ६८ वर्षअघि गाउँको साधारण किसान परिवारको बालकले देशको प्रधानमन्त्री बन्छु भन्ने सपना देख्नु र परिकल्पना गर्नु सम्भव थिएन”, प्रधानमन्त्रीले जवाफ फर्काउनुभयो ।

शिक्षक, विद्वान जो देख्यो त्यही बन्न मन लाग्ने गरेको बाल्यकालको अनुभव सुनाउँदै उहाँले समाजका विकृति देखेपछि भने त्यसविरुद्ध आवाज उठाउनुपर्छ भन्ने कुराको बोध भएको प्रतिक्रिया दिनुभयो । बालबालिकाको जिज्ञासामा उहाँले प्रधानमन्त्री हुन महान् उद्देश्य लिएर इमान्दार भएर लाग्नुपर्ने सुझावसमेत दिनुभयो ।

बालबालिकासँगको सवाल जवाफका क्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्थ्यो । शाक्यले अन्तत्र्रिmयालाई खुब चासो दिएर नियालिरहनुभयो । बाल्यकालको स्वभाव बारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले इमान्दार, झुटो नबोल्ने र खेल्न बढी रुचाउने खालको थियो भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाइमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओली बालकालिकासँग औधी रमाउनुहुन्छ । अघिल्लो वर्ष एचआइभी सङ्क्रमति बालबालिकाको प्रतिभा देखेर दङ्ग पर्नुभएका प्रधानमन्त्री ओलीले उनीद्वारा प्रस्तुत गीतसङ्गीतमा भरपुर मनोरञ्जन लिनुभएको थियो । उहाँले आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भएकाले सबैलाई शुभकामना दिँदै सफलता र राम्रो स्वास्थ्यको कामना गर्नुभयो । प्रधानमन्त्री ओलीले सुझाव दिँदै भन्नुभयो, “इमान्दारिता नै सफलताको सूत्र हो ।”

उहाँले आफू जस्तै बालबालिका पनि खुशी हुनुपर्नेमा जोड दिँदै आफूले भविष्य र नयाँ पुस्ताका लागि काम गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा छजना बालबालिकाले प्रधानमन्त्रीलाई प्रश्न राखेका थिए । बालबालिकासँग महत्वपूर्ण कार्यक्रम राखेको भन्दै उहाँले नेपाल स्काउटलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com