ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण गरी जीवनभरिका लागि मीठो अनुभव लिएर जानुस्’ (फोटोफिचर)


एबीसी न्यूज

काठमाडौं, १७ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण गरी जीवनभरिका लागि मीठो अनुभव लिएर जान विश्व समदुायलाई अपिल गर्नुभएको छ ।

दशरथ रङ्गशालामा बुधवार आयोजित नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका अवसरमा मन्त्री भट्टराईले नेपाल संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको बताउँदै यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा एवं मौलिक संस्कृतिको अदभूत अनुभूति लिनका लागि पर्यटकलाई आग्रह गर्नुभयो ।

‘‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मीठो अनुभव लिएर जानुहोस्,” उहाँले भन्नुभयो, ‘‘नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अदभूत अनूभूति सङ्गालेर जानुहोस् ।”

पर्यटनमन्त्री भट्टराईले सबैखाले अफ्ठ्यारालाई छिचोल्दै मुलुक स्थायी शान्ति, समृद्धि र स्थायित्वको फराकिलो राजमार्गमा आइपुगेको उल्लेख गर्नुभयो । उहाँले अवको यात्रा आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माण गरी मुलुकलाई समाजवाद निर्माणको बाटोमा लैजाने बताउनुभयो ।

“नेपाल स्थायी शान्ति, स्थिरता, समृद्धि र सुशासनको बाटोमा छ । यहाँ लगानीको उपयुक्त वातावरण बनेको छ । आउनुहोस्, नेपाल लगानीको लागि ‘भर्जिन ल्याण्ड’ हो ”, पर्यटनमत्रीले भन्नुभयो ।

उहाँले विश्वलाइनै मोहित र अचम्मित पार्ने खालका असङ्ख्य संस्कृति र सम्पदाको साथै ‘अतिथि देवो भव’को मान्यतामा नेपालीहरूको अथिति सत्कार विश्वमै उत्कृष्ट मानिने उल्लेख गर्नुभयो । प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रको आधारमा पनि नेपाल पर्यटकको महत्वपूर्ण गन्तव्य हो भन्दै मन्त्री भट्टराईले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमालको पर्वतारोहण, पद्यात्रा, रक–क्लाइम्बिङ, र प्याराग्लाइडिङलगायत साहसिक पर्यटन गतिविधिको प्रमुख स्रोत भएको बताउनुभयो ।

शान्तिका अग्रदूत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी, हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरसहितको पवित्र तीर्थस्थल तीर्थस्थलले नेपालमा धार्मिक पर्यटकको आकर्षण बढाएको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको राजमार्गमा अघि बढेसँगै पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना रहेको भन्दै सरकारले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा मनाउने सङ्कल्पसहित शुभारम्भ गरेको बताउनुभयो ।

पर्यटनबाट प्राप्त हुने राजश्व तथा रोजगारी बढाई समग्र आर्थिक वृद्धि, प्रति व्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन९जीडिपी० मा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने सरकारी लक्ष्य भएको सुनाउनुभयो ।

उहाँले घोषित पर्यटकीय लक्ष्यलाई पूरा गर्नका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तार, पर्यटनमा गुणस्तर, बजारीकरण र ब्राण्डिङ, मानव संशोधनको विकास, सांस्कृतिक सम्पदाको विकास, पर्यटनमा अध्ययन–अनुसन्धान र अभिलेखीकरणमा मन्त्रालयले जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“अव हामी यो अभियानबाट पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्नेछौं, पर्यटनमा नयाँ मानक स्थापना गर्नेछौं र विश्व समुदायको दिलदिमागमा नेपालको नयाँ बिम्ब निर्माण गर्नेछौ ।ं” कार्यक्रममा सातवटै देशका मूख्यमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुको भ्रमण वर्षको शुभकामनाको डिजिटल सन्देश प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com